आमा तिम्रो महिमा: कबिता
- प्रिन्स काफ्ले
- २०७९ कातिर्क २२ मङ्गलबार
२२ कार्तिक २०७९
आमा तिम्रो महिमा
नौ महिना कोखामा राखी हुर्कायौ अनि बढायौ
बाआमाको नाम रख्छ्की भनि दुख गरि पढायौ
केहि उमेर बढेपछी संसार के हो भनि चिनायौ
आफु भोकभोकै बसी दसधारा दुग्ध पनि चुसायौ
बिर्सेको छैन आमा !
अरुलाई आदर सत्कार अनि सम्मान गर्नुपर्छ भनेर
दीनदुखी , असहायलाइ सक्दो दान गर्नुपर्छ भनेर
भन्थ्यौ आफ्नो मातृभूमिप्रति ज्यान अनि योगदान दिनु
कदापि सिकाएनौ आमा कसैको अपमान गर्नुपर्छ भनेर
हो ! आमा तिमीले
लडेपछि पुनः उठ्न पनि सिकायौ
खेदोखन्ने सत्रु बिरुद्द जुध्न पनि सिकायौ
फलानोको छोराले केहिगर्न सक्दैन भन्ने समाजमा
आफ्नो लक्ष्य गन्तब्य तर्फ पुग्न पनि सिकायौ
हो मैले सानोमा !
अनेकौ बिगो गर्दापनि माफ दियौ तिमीले
फेरी गल्ति नगरभनी आट दियौ तिमीले
दाईदिदिसंग छिनभरमै झगडा गरेपनि
सानोभाई हो भनि उल्टै इन्साफ दियौ तिम्ले
घरमा !
गुच्चा , चुंगी,भाडाकुटी खेली लडी आउथे
फोहोरै फोहोरले सडी मनपरी गरि आउथे
कुटीकुटी नुहाईदिन्थ्यौ , छिनमै चिट्टिक परिदिन्थ्यौ
रुख चढ्न हुन्न बाबु भनि तल झारिदिन्थ्यौ
बिर्सेको छैन आमा !
तिम्ले कोखाईकोखाई भनि बुबुमाम खुवाईदेको
जाडोयाममा नुहाइदेको अनि तातो घाममा तपाइदेको
अया ममी !
दुख्यो भन्दा निकै डराउथ्यौ
के भयो बाबुलाई भनि आतिदै कराउथ्यौ
होहो बाबु होहो भनि काखमा सुताउथ्यौ
अधेरी रातमा , डराउछकि भनि साथमा सुताउथ्यौ
आफ्नो इच्छा मारी मेरो इच्छा पूर्ति गरिदियौ
आरोप लगाउदा मेरोछोरो सहिछ भनि फुर्ति गरिदियौ
आमा कहिले आउछ हाम्रो !
चामलको भात खाने दिन
भने सोध्दा मैले
गहरी आसु पार्दै भनिन
बाबु एकछिनमा पसल हिड
मुहारमा हासो भएपनि
मनभित्रको हजारौ पिडा सहिन
उता बा पूर्पोरोमा हात राख्दै भन्छन
कैले तिरिसक्नु छोरा यत्रो ऋण
मेरो मन भित्रैबाट भक्कानिएर आयो
उतिबेलै जिबनमा केहि गर्छु भई मनले चाह्यो
रोकेन आमा तिम्लाई
न त असारे झरीले न कुनै भेलाबाढीले
हातगोडाका छाला पटपट फुटेको देख्छु
कुटो कोदालो , खेताबरिले
मनभित्रको मनमा पनि मौनता देख्छु तिम्रो
काधमा कोदालो,हातमा कुटो ,कोइलीको कुहुँ कुहु संगै तिम्रो खेतको सवारीले
हो मैले बुझे आमा !
मनभित्रको जलन लुकाउदो रहिछिन आमा
मेरो गल्तीमा शिर झुकाउदो रहिछिन आमा
नुन तेलदेखी घर ब्यबहार सम्म सम्पूर्ण
परिवारको बोझ उठाउदो रहिछिन आमा
खै कसरी बयान गरु आमा ?
तिम्रो सुन्दरता
सन्तान प्रतिको लगनशीलता
तिम्रो महानता
निस्पक्षता र समानता
तिम्रो महिमाको बयान
सायद शब्दमा नै असिमित हुनेछ
धैर्य गर्नु आमा एकदिन अबस्य मेरो जित हुनेछ
जबसम्म तिमो आशिर्बाद मेरो शिरमा रहनेछ
दुखसुख आईपरेपनि मेरै हित हुनेछ
आमा तिम्रो !
निस्वार्थ प्रेमको सागर गहिरो,अनन्त नै रहनेछ
अपार मायाको तस्बिर मनमा जिबन्त नै रहनेछ
भन्ने गर्थ्यौ नि आमा !
आजकल कसैको भर हुदैन
गाउजस्तो सहर हुदैन
बाध्यता हुन्छ , रहर हुदैन
पापी ठाउमा नसोच्नु डर हुदैन
आफ्नो ख्याल्गारी बस्नु बाबु
कलियुग हो , समयको कुनै प्रहर हुदैन
यो सुनसान सहरमा !
संघर्ष, संघर्षको यात्रा देख्छु
सपना बोकिउ आउनेको जात्रा देख्छु
कोहि खाडी , अस्ट्रेलिया कोहि मलेसियामा
अनेकौ रहरहरुको मात्र देख्छु
हो मा निर्धक्क साथ भन्न सक्छु !
जनानिरुपी देबीको एक चित्र हौ तिमि
निस्वार्थ प्रेममा तत्पर, बिचित्र छौ तिमि
ढुंगा खोज्दै मन्दिर जानु छैन मलाई
घरमै प्रकट जननी पबित्र छौ तिमि
भगवान मेरो प्राथना !
हजारौ जुनीसम्म पनि हम्रो साथ रहिरहोस
तिम्रो माया , आशिर्बाद, शिरमा हात रहिरहोस
अर्को जन्ममा पहिलोपटक धर्ति टेक्दा पनि
प्यारी आमा फेरी तिम्रो काख रहिरहोस
सधै साथ् दिन्छिन उनि !
गलत होस् या सहि समयमा
खै कसरी बयान गरु आमा तिम्रो प्रेमको महिमा
–
प्रिन्स काफ्ले
हिमालिबास रौतहट
तपाईको प्रतिक्रिया