२०८२ साल चैत्र २२
हाइस्पीड संवाददाता
भक्तपुरमा प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेशन’ अन्तर्गत एकैदिन ६० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुर र मातहतका प्रहरी वृत्तहरूले चैत २१ गते संयुक्त रूपमा अपरेशन चलाउँदै चोरी तथा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी प्रकाश जबेगुका अनुसार मोटरसाइकल चोरीलगायतका घटनामा संलग्न तथा शंकास्पद व्यक्तिहरूलाई निगरानीमा राख्दै आएकोमा सोही आधारमा अपरेशन सञ्चालन गरिएको थियो। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले ‘स्वीप अपरेशन’ आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ, जसबाट जिल्लामा अपराध नियन्त्रणमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।
यसैबीच, प्रहरीले मादक पदार्थ सेवन गरी यात्रुवाहक बस चलाइरहेका एक चालकलाई पनि पक्राउ गरेको छ। राधेराधे क्षेत्रमा गरिएको सवारी जाँचका क्रममा उक्त चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया