२१ चैत्र २०८२
हाइस्पिड रिपोर्टस, लमजुङ
लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। बेँसीसहरबाट उस्ता जाँदै गरेको ग १ ख ६४७० नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि तत्काल उद्धार कार्य गरी जिपमा सवार १४ जनालाई अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा तीमध्ये २ जनाको मृत्यु भएको पुष्टि भएको छ भने बाँकी १२ जनाको उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार घाइतेमध्ये २–३ जनाको अवस्था गम्भीर रहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया