२०८३ साल असार २
हाइस्पीड संवाददाता
डीएभी स्कुलको चौथो तलाबाट खसेर विद्यार्थीको मृत्यु
ललितपुरस्थित डीएभी स्कुलको चौथो तलाबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंको चाबहिल निवासी १८ वर्षीय आर्यन सिंह रहेका छन्।
सोमबार दिउँसो करिब १२:३० बजे भएको घटनामा सिंह चौथो तलाबाट खसेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा साँझ करिब ६:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनालाई आत्महत्यासँग जोडेर हेरिएको छ। स्कुलको सीसीटीभी फुटेजमा पनि सिंहले आफैं हामफालेको देखिएको प्रहरी स्रोतले जनाएको छ।
घटनास्थलबाट एक सुसाइड नोट समेत फेला परेको छ। तर उक्त नोटमा रहेको हस्तलिपि आर्यनकै हो वा होइन भन्ने विषयमा फरेन्सिक परीक्षण हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
तपाईको प्रतिक्रिया