“भ्रष्टाचारविरुद्धको कदमले डराएका छन् केही शक्ति” — गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठिरहेका आरोप र आलोचनालाई अस्वीकार गर्दै ती हल्ला ‘छटपटी’ मात्र भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले राष्ट्रको ढुकुटीमा आँखा लगाउनेहरू अहिले डराएको दाबी गरेका छन्।
गुरुङले आफूविरुद्ध चलाइएको मिडिया ट्रायल र प्रायोजित हल्ला वास्तविक नभई केही समूहको असहजता मात्र भएको बताएका छन्। उनले भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने र आफू कुनै दबाबमा नपर्ने स्पष्ट पारे।
उनले दैनिक ठूलो परिमाणमा हुने भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि यति धेरै चासो नदेखिएको उल्लेख गर्दै आफ्नो विषयमा भइरहेको आलोचनालाई लक्षित र योजनाबद्ध प्रयासको रूपमा चित्रण गरेका छन्।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया