२०८२ साल फाल्गुन ४
हाइस्पीड सम्वाददाता
दुबईको लक्जरी सुगन्ध अब काठमाडौंमै लाबिम मलमा ‘FOR YOU’ प्रिमियम Experience Zone को भव्य उद्घाटन
दुबईस्थित प्रतिष्ठित लक्जरी परफ्युम कम्पनी विनी इन्टरनेशनल FZEले नेपालको परफ्युम बजारमा औपचारिक प्रवेश गर्दै काठमाडौंको लाबिम मलमा आफ्नो प्रिमियम “FOR YOU” Experience Zone सञ्चालनमा ल्याएको छ। फेब्रुअरी १६, २०२६ मा सम्पन्न भव्य उद्घाटनसँगै कम्पनीले नेपाली बजारमा नयाँ लक्जरी सुगन्ध अनुभव प्रस्तुत गरेको जनाएको छ।
भूमिगत तलामा स्थापना गरिएको यो अनुभव केन्द्रले ग्राहकलाई परफ्युम किन्न मात्र नभई व्यक्तिगत रुचि र व्यक्तित्वअनुसार सुगन्ध छनोट गर्ने अनौठो अनुभव दिने लक्ष्य राखेको कम्पनीको भनाइ छ। समारोह Search Solutions Private Limitedद्वारा आयोजना गरिएको थियो।
कार्यक्रममा कम्पनीका सेल्स डाइरेक्टर अहसान खुन्दकर, कन्ट्री म्यानेजर रणधीर सिंह तथा नेशनल सेल्स म्यानेजरहरू शोभा लामा र विनय कुमार झाको उपस्थिति रहेको थियो। साथै राष्ट्रिय आयातकर्ता अनुप अग्रवाल, राजीव शाह तथा सर्च सोलुसन्सका सीईओ मिहिर चौधरीले पनि सहभागिता जनाएका थिए।
उद्घाटन समारोहमा बोल्दै रणधीर सिंहले “FOR YOU” केवल एउटा आउटलेट नभई पूर्ण रूपमा अनुभव केन्द्र भएको बताउँदै यहाँ आउने ग्राहकले दुबईको प्रिमियम परफ्युम संस्कृतिको स्वाद नेपालमै लिन सक्ने उल्लेख गरे। उनका अनुसार प्रत्येक सुगन्ध व्यक्तित्वसँग मेल खाने गरी तयार गरिएको छ।
यसैगरी अहसान खुन्दकरले सुगन्धप्रेमीहरूका लागि प्रिमियम र व्यक्तिगत पहिचान झल्काउने उत्पादन उपलब्ध गराउने उद्देश्य रहेको बताएका छन्। उनले नेपालको बजारप्रति कम्पनीको दीर्घकालीन प्रतिबद्धता पनि व्यक्त गरे।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय ब्रान्डहरूको यस्तो विस्तारले नेपालमा लक्जरी लाइफस्टाइल बजार विस्तार हुँदै गएको संकेत गर्दछ। “FOR YOU” Experience Zone को शुरुवातसँगै काठमाडौंका सुगन्धप्रेमीहरूले अब अन्तर्राष्ट्रिय स्तरको परफ्युम अनुभव स्थानीय रूपमा नै प्राप्त गर्न सक्ने भएका छन्।
तपाईको प्रतिक्रिया