२०८२ साल चैत्र २२
हाइस्पीड संवाददाता
राष्ट्रिय सभामा यस्तो छ दलहरूको भागबन्डा
नेपालको राष्ट्रिय सभामा उपाध्यक्ष र विभिन्न समितिका सभापति पदहरू दलीय भागबन्डाका आधारमा बाँडफाँट गरिएको छ। सहमतिअनुसार उपाध्यक्ष पद नेकपा एमालेले पाएको छ, जसमा लिला भण्डारी चयन भएकी छन्।
यसैगरी, नेपाली कांग्रेसले दुई महत्वपूर्ण समितिको नेतृत्व पाएको छ विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समिति। नेकपाले संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति पाएको छ भने जनता समाजवादी पार्टी (जसपा) ले सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको नेतृत्व सम्हाल्ने भएको छ।
यो भागबन्डाले राष्ट्रिय सभाभित्र दलहरूबीच शक्ति सन्तुलन कायम गर्ने प्रयास गरिएको देखिन्छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया