२०८२ साल बैशाख ९
हाइस्पीड संवाददाता
भ्रामक समाचार नप्रसारण गर्न सरकारको आग्रह, उल्लंघन गरे कडा कारबाही हुने चेतावनी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आधारहीन र भ्रामक समाचार प्रकाशन तथा प्रशारण नगर्न मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। बुधबार जारी विज्ञप्तिमा पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत मिथ्या र भ्रम फैलाउने सामग्रीहरू प्रसारण भइरहेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका अनुसार यस्ता कपोकल्पित सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा नकारात्मक मनोविज्ञान फैलाउने काम गरिरहेको छ। सरकारले यस्ता भ्रामक सूचना सम्प्रेषणलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै यदि यस्ता सामग्री प्रकाशन वा प्रशारण गरिएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई पहिचान गरी प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया