२०८२ साल बैशाख ८
हाइस्पीड संवाददाता
प्रतिनिधिसभामा गैरसरकारी प्रस्तावलाई साप्ताहिक प्राथमिकता
प्रतिनिधिसभा ले अब गैरसरकारी प्रस्तावलाई पनि प्राथमिकता दिने व्यवस्था गरेको छ। नयाँ नियमावलीअनुसार सातामा एक दिन गैरसरकारी कार्यसूचीमाथि छलफल गरिनेछ।
नियमावलीको नियम ११ अनुसार प्रत्येक शुक्रबारको बैठकमा प्रश्नोत्तरपछि गैरसरकारी कार्यसूचीलाई प्राथमिकता दिइनेछ भने अन्य दिन सरकारी कार्यसूची अघि बढाइनेछ। यदि शुक्रबार बैठक बस्न नसकेमा सभामुखले अर्को दिन तोक्न सक्ने व्यवस्था गरिएको छ।
सरकारी कार्यसूचीअन्तर्गत मन्त्रीबाट प्रस्तुत विधेयक वा प्रस्तावहरू पर्नेछन् भने गैरसरकारी कार्यसूचीमा सांसदहरूले प्रस्तुत गर्ने विधेयक, प्रस्ताव तथा अन्य विषय समावेश हुनेछन्।
यसअघि संसद्मा प्रस्तुत भएका थोरै मात्र गैरसरकारी विधेयक कानूनमा रूपान्तरित भएका थिए। नयाँ व्यवस्थाले यस्तो अवस्था सुधार्दै सांसदहरूको सक्रियता र वैकल्पिक प्रस्तावलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया