२०८२ साल बैशाख २२
हाइस्पीड संवाददाता
Pashupati Area Development Trust (पशुपति क्षेत्र विकास कोष) ले गौशाला धर्मशालाबाट Marwadi Sewa Samiti लाई हटाउने निर्णय उच्च अदालतबाट पनि सदर भएको छ।
High Court Patan ले जिल्ला अदालत काठमाडौंको अघिल्लो फैसला कायम राख्दै गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने ठहर गरेको हो। न्यायाधीश खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले सोमबार उक्त निर्णय दिएको हो।
यस निर्णयसँगै करिब ९ रोपनी ९ आना क्षेत्रफलको गौशाला धर्मशालाको जग्गा अब पूर्ण रूपमा पशुपति क्षेत्र विकास कोषको नियन्त्रणमा रहने भएको छ।
यसअघि District Court Kathmandu ले पनि उक्त जग्गा कोषकै स्वामित्वमा रहने फैसला सुनाएको थियो। अदालतले गौशाला धर्मशाला नामक कुनै स्वतन्त्र संस्थाको अस्तित्व नरहेको पनि उल्लेख गरेको थियो।
इतिहासअनुसार, उक्त जग्गा १९९९ सालमा पशुपतिमा छाडिएका साँढेहरूको संरक्षणका लागि छुट्याइएको थियो। पछि मारवाडी सेवा समितिले २०६० सालमा कोषसँग वार्षिक ५१ हजार रुपैयाँ तिर्ने गरी भोगचलन सम्झौता गरेको थियो।
अदालतको पछिल्लो फैसलाले लामो समयदेखि चलिरहेको विवादलाई टुंग्याएको छ।
तपाईको प्रतिक्रिया