२०८२ साल बैशाख १३
हाइस्पीड संवाददाता
गुल्मीमा अमला टिप्न गएका वृद्ध मृत फेला
गुल्मीमा अमला टिप्न गएका वृद्ध मृत फेला
गुल्मी जिल्ला को इस्मा गाउँपालिका–१ हर्पुकोट भेडाबारी क्षेत्रमा एक ८७ वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन्। नेरुप्रसाद घिमिरे १२ वैशाख बिहान घरबाट अमला टिप्न जाने भन्दै निस्किए पनि घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए।
खोजीका क्रममा उनलाई भोलिपल्ट १३ वैशाख बिहान करिब ८ बजे ठूला खोलाको बगरमा घोप्टो अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी हस्तिचौरबाट प्रहरी टोली खटिएको थियो।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा अर्को टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया