२०८२ साल बैशाख ११
हाइस्पीड संवाददाता
टिकटकमार्फत ‘पार्सल गिफ्ट’ ठगी गर्ने युवक पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने बहानामा ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम फाकफग्तुम गाउँपालिका–६ निवासी २७ वर्षीय सुजन लिम्बू (सुशन थेगिम लिम्बू) रहेका छन्।
प्रहरीका अनुसार उनले टिकटकमा ‘रोहन राजपुत’ नाम प्रयोग गरी नेपाली महिलासँग नजिकिएर युएस डलर, गरगहना लगायतका उपहार काठमाडौँ विमानस्थलस्थित डिएचएल शाखामा आइपुगेको भन्दै कष्टम शुल्कका नाममा करिब दुई लाख रुपैयाँ ठगी गरेका थिए। साथै, ह्वाट्सएप नम्बरमार्फत सम्पर्क गरी विभिन्न बैंक खातामा रकम जम्मा गराउने गरेको पनि खुलेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उनले ४० भन्दा बढी नेपाली महिलालाई सम्पर्क गरेको पाइएको छ। पक्राउ परेका लिम्बूलाई ठगी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया