उत्पादनमूलक लगानीतर्फ स्थानीय तह अग्रसर, जुगलमा पर्यटन विकासको उदाहरण — माधव सापकोटा
काठमाडौं — माधव सापकोटा ले स्थानीय तहहरूले अनुत्पादक क्षेत्रमा मात्र होइन, उत्पादनमूलक क्षेत्रमा समेत लगानी सुरु गरेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले जुगल गाउँपालिकाले ‘जुगल माउण्ट एभरेस्ट भ्यू प्वाइन्ट’ पहिचान गरी पर्यटन विकासमा महत्वपूर्ण कदम चालेको उल्लेख गरे।
स्थानीय तहको बजेट प्रायः अनुत्पादक क्षेत्रमा खर्च हुने आलोचनाबीच जुगल गाउँपालिकाको पर्यटन पूर्वाधारमा गरिएको लगानी सकारात्मक उदाहरण भएको उनले बताए। उनले पर्यटकीय क्षेत्रसँगै पूर्वाधार विकास आवश्यक रहेको उल्लेख गर्दै बलेफीदेखि तेम्बाथानसम्मको सडक स्तरोन्नति सन्तोषजनक नभएको गुनासो गरे।
सापकोटाले जुगल हिमालसम्म सहज पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै ट्रेकिङ पूर्वाधार विकासमा करिब ३६ करोड रुपैयाँ लगानी भइसकेको जानकारी दिए। साथै, मानव बस्तीभन्दा माथिल्लो क्षेत्रमा प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिनुपर्ने र अनियन्त्रित जलविद्युत आयोजना तथा वन फँडानीप्रति सचेत रहनुपर्ने उनको भनाइ छ।
तपाईको प्रतिक्रिया