संसद् छल्दै अध्यादेश ल्याइएको भन्दै राप्रपाको आपत्ति, सरकारसँग स्पष्टिकरण माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले स्पष्ट बहुमत भएको सरकारले संसद् छलेर अध्यादेशमार्फत कानुन ल्याउन खोजेको भन्दै कडा आपत्ति जनाएकी छन्।
सरकारले सहकारीसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि ओलीले यसको कारणबारे प्रश्न उठाएकी हुन्। उनले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरिए पनि भोलिपल्टै स्थगन गरेर अध्यादेश ल्याउनु संसदीय अभ्यासविरुद्ध भएको टिप्पणी गरिन्।
ओलीका अनुसार, संसद् सक्रिय हुँदाहुँदै अध्यादेशमार्फत महत्वपूर्ण विषय अघि बढाउनु लोकतान्त्रिक प्रणालीमाथिको गम्भीर प्रहार हो। उनले संवैधानिक परिषद्जस्तो महत्वपूर्ण निकाय र सहकारी क्षेत्रजस्तो जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय संसद् छल्दै ल्याउनु उचित नभएको बताइन्।
प्रतिपक्षको हैसियतमा उनले यस्तो प्रवृत्तिको कडा विरोध गर्दै संसद् सशक्तिकरणको मागसमेत गरेकी छन्।
तपाईको प्रतिक्रिया