२०८२ साल फाल्गुन १२
हाइस्पीड सम्वाददाता
निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरूले जनतासँगको भेटघाट र घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्। यही क्रममा मोबाइल फोन चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएकी सफलता बोगटी पनि मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त देखिएकी छन्।
उनले पछिल्ला दिनमा विभिन्न टोल–टोलमा पुगेर मतदातासँग भेटघाट गर्दै शिक्षा, रोजगारी, युवा सहभागिता र स्थानीय विकासका मुद्दा उठाइरहेकी छन्। घरदैलो कार्यक्रमका क्रममा उनले नागरिकका गुनासा सुन्दै आफ्ना प्राथमिकता सार्वजनिक गरिरहेकी छन्।
मोबाइल फोन चुनाव चिह्नलाई उनले “सम्पर्क, पहुँच र प्रत्यक्ष संवादको प्रतीक”का रूपमा प्रस्तुत गरेकी छन्। प्रविधिमार्फत पारदर्शिता, सूचना पहुँच र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उनको प्रतिबद्धता रहेको प्रचार टोलीले जनाएको छ।

चुनावी मैदानमा प्रतिस्पर्धा तीव्र बन्दै जाँदा बोगटीले युवामुखी एजेन्डा र स्थानीय सरोकारका विषयलाई केन्द्रमा राख्दै मत मागिरहेकी छन्। मतदाताले भने उम्मेदवारका प्रतिबद्धता र कार्ययोजनालाई आधार मानेर निर्णय गर्ने बताएका छन्।

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूबीच जनविश्वास जित्ने होड चलिरहेको छ। सफलता बोगटीको अभियान पनि यही प्रतिस्पर्धात्मक माहोलबीच मतदाताको ढोकासम्म पुगेको छ।
तपाईको प्रतिक्रिया