२०८२ साल जेठ ७
हाइस्पीड संवाददाता
काठमाडौंको नरेफाँट क्षेत्रमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका विजय तामाङ (४०), महोत्तरीका सागर श्रेष्ठ (२५) र काठमाडौं जडिबुटीका किसान खड्गी (२३) रहेका छन्।
प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनीहरूलाई जडिबुटी क्षेत्रबाट पक्राउ गरेको हो। गत ५ जेठ राति करिब ३ बजे नरेफाँटस्थित सोनु मण्डलको डेराबाट नगद ८ हजार रुपैयाँ र करिब १८ हजार रुपैयाँ बराबरका जिन्सी सामान चोरी भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी Ramesh Thapa का अनुसार अनुसन्धानका क्रममा उक्त चोरी घटनामा उनीहरूको संलग्नता खुलेको हो।
बरामद सामग्री
- एसएलआर राइफलका २ राउण्ड गोली
- १ थान आइफोन
- ५ थान मोबाइल
- ४ थान ल्यापटप
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया