२०८२ साल बैशाख १३
हाइस्पीड संवाददाता
संसदबाट नभाग्न सरकारलाई राप्रपाको चेतावनी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञाबहादुर शाही ले सरकारले अध्यादेशको सहारामा शासन चलाउने प्रयास नगर्न चेतावनी दिएका छन्। आइतबार काठमाडौं मा आयोजित कार्यक्रममा उनले संसदबाट कानून निर्माण गरेरै जनताको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे।
शाहीले संसद जनताको आवाज बोल्ने थलो भएको उल्लेख गर्दै बलियो सरकार हुँदा संसदको भूमिका अझ महत्वपूर्ण हुने बताए। उनले सुकुमवासी समस्या, भूमिसुधार ऐन तथा भूमि व्यवस्थापनजस्ता विषय संसदमार्फतै समाधान गर्नुपर्ने धारणा राखे।
अन्तरसरकारी समन्वय अभावका कारण संघका निर्णय प्रदेश र स्थानीय तहमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले सरकारलाई यसतर्फ गम्भीर बन्न आग्रह गरेका छन्। साथै, संसद् चलाएर विधायकी प्रक्रियालाई प्राथमिकता दिन उनले जोड दिएका छन्।
तपाईको प्रतिक्रिया