२०८२ साल बैशाख १३
हाइस्पीड संवाददाता
चीनमा नेपाली ‘एक सुइरो’ ब्ल्याक टीको अन्तर्राष्ट्रिय प्रवर्द्धन
नेपाली राजदूतावास को पहलमा लिचुआन शहर मा आयोजित एशिया–अफ्रिका ब्ल्याक टी एक्सचेन्ज महोत्सवमा नेपाली अर्थोडक्स ‘एक सुइरो’ ब्ल्याक टीको विशेष स्वाद परीक्षण सम्पन्न भएको छ। तीन दिनसम्म चलेको उक्त कार्यक्रममा २०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीहरूको उपस्थितिमा नेपाली चियाको गुणस्तरको उच्च प्रशंसा गरिएको थियो।
इलाम मा उत्पादन गरिएको ‘एक सुइरो’ चिया (पातबिना मुनाबाट तयार हुने सुनौलो कालो चिया) प्रस्तुत गरिएको कार्यक्रममा पवर्ती अर्याल ले नेपालको चिया उत्पादन, अर्गानिक अभ्यास र अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागबारे जानकारी दिइन्। उनले ‘टी हर्स रोड’ अवधारणामार्फत चिया र विश्व शान्तिबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न सकिने धारणा पनि राखिन्।
चीन चिया उद्योग समिति एसोसिएसन लगायत संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न देशका विज्ञहरूले ब्ल्याक टीको ब्रान्डिङ, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिएका थिए। महोत्सवअन्तर्गत चिया उत्पादन, प्रशोधन तथा चिया पर्यटनसम्बन्धी अवलोकन कार्यक्रम समेत सञ्चालन गरिएको थियो।
तपाईको प्रतिक्रिया