२०८२ साल बैशाख १४
हाइस्पीड संवाददाता
मेलम्चीमा नदीमा पौडी खेल्दा एक किशोरीको मृत्यु, अर्की अझै वेपत्ता
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा पर्ने इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा दुई किशोरी बगेका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्की अझै वेपत्ता रहेकी छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो करिब ४ बजे नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरीमध्ये मेलम्ची–९ रातमाटेकी १८ वर्षीया अञ्जली गिरीको शव मेलम्चीस्थित बाङे सिमलमुनि फेला परेको हो।
अर्की बेपत्ता किशोरी पाँचपोखरी थाङपाल गाउँपालिका–६ स्यालेकी १४ वर्षीया अन्जिता ज्योति रहेको प्रहरीले जनाएको छ। उनको खोजी कार्य प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले जारी राखेको छ।
प्रहरीका अनुसार दुवै किशोरी काठमाडौंमा बस्दै अध्ययनरत थिए र बिदा मनाउन आफन्तको घर मेलम्ची पुगेका थिए।
यस घटनापछि स्थानीय प्रशासनले वर्षायाम नजिकिँदै गर्दा नदी तथा खोलामा पौडी खेल्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया