२०८२ साल बैशाख ११
हाइस्पीड संवाददाता
काठमाडौंका सुकुमवासी बस्ती खाली गराउने निर्णयले बढ्यो तनाव
सरकारले भोलि बिहानदेखि काठमाडौं उपत्यकाका चार सुकुमवासी बस्ती खाली गराउने तयारी गरेपछि यस विषयमा पक्ष–विपक्षमा बहस चुलिएको छ। प्रधानमन्त्रीको निर्देशनपछि सुरक्षा निकाय सक्रिय बनेका छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजै साँझ ७ बजेसम्म बस्ती खाली गर्न सूचना जारी गरेको छ।
यस निर्णयसँगै बस्तीमा बसोबास गर्ने स्थानीयहरू आन्दोलित भएका छन् भने केहीले आफ्ना सामग्रीहरू सार्न थालेका छन्। यसैबीच सरकारले सुकुमवासी समस्याको दीर्घकालीन समाधान गर्ने, वास्तविक सुकुमवासी पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले संवादमार्फत शान्तिपूर्ण समाधानको पक्षमा रहेको बताउँदै सरकारलाई विगतका सहमति जस्तै धोका नदिन आग्रह गरेका छन्। उनले वास्तविक सुकुमवासीको पहिचानसहित सुरक्षित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
तपाईको प्रतिक्रिया