२०८२ साल बैशाख ११
हाइस्पीड संवाददाता
सुकुमवासी समस्या समाधान गर्ने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता, प्रदर्शन जारी
प्रधानमन्त्री बालेन शाहले देशभरका वास्तविक सुकुमवासीहरूको समस्या आफ्नो नेतृत्वको सरकारले नै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रक्रिया पूरा गरी यथाशीघ्र सुकुमवासीलाई जग्गा वितरण गरिने र वर्षौं पुरानो समस्याको स्थायी समाधान गरिने बताएका छन्।
उनले वर्षायाममा हुन सक्ने जोखिम र सम्भावित दुर्घटनाबाट जोगाउन समयमै व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै सुकुमवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु उचित हुने बताएका छन्। अव्यवस्थित तथा डुबानको जोखिम भएका स्थानमा बसोबास गराइराख्नु नागरिकको अधिकार नभएको उनको भनाइ छ।
यसैबीच सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउने तयारी अघि बढाएको छ। तर, यस निर्णयप्रति विभिन्न प्रश्न उठिरहेका छन् भने सुकुमवासीहरू विरोध प्रदर्शनमा उत्रिएका छन्।
तपाईको प्रतिक्रिया