२०८२ साल जेठ १
हाइस्पीड संवाददाता
Amrit Science Campus (ASCOL) ‘अस्कल’ मा विद्यार्थी आन्दोलन स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ।
नेपाली विद्यार्थी आन्दोलनको ऐतिहासिक दिनको अवसर पारेर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अमृत क्याम्पसको आयोजनामा क्याम्पस परिसरमा झण्डोत्तोलनसहित कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा स्ववियु सभापति Rudrahari Pokharel ले क्याम्पसको छतमा राष्ट्रिय झण्डा फहराउँदै विद्यार्थी आन्दोलनको ऐतिहासिक विरासतप्रति सम्मान व्यक्त गरे।
उनले नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै राणा शासनको अन्त्य, पञ्चायती व्यवस्थाको विस्थापन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना जस्ता उपलब्धिमा विद्यार्थीहरूको योगदान स्मरण गरे। साथै, स्वतन्त्रता र अधिकारका लागि जीवन आहुति दिने विद्यार्थीहरूलाई सम्झिँदै उनीहरूको मार्ग पछ्याउँदै शैक्षिक सुधार र राष्ट्रियताको रक्षामा प्रतिबद्ध रहने बताए।
कार्यक्रममा विद्यार्थी आन्दोलनका विभिन्न चरण र उपलब्धिहरूको चर्चा गर्दै यसको ऐतिहासिक महत्वमाथि प्रकाश पारिएको थियो।
अमृत क्याम्पस स्ववियुले हरेक वर्ष जेठ १ लाई विद्यार्थी एकता र अधिकारको प्रतीकका रूपमा मनाउँदै आएको जनाएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया