माघ – ९ – २०८१
हाईस्पीड सम्बादाता , काठमाडौँ
एभरेस्ट कफी बिन्सले काठमाडौंको प्रमुख व्यावसायिक क्षेत्र दरबारमार्गमा आफ्नो छैटौँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा उद्घाटनको अवसरमा कम्पनीले विशेष छुट योजना सार्वजनिक गरेको छ। उद्घाटनको दिन २० प्रतिशत छुट प्रदान गरिएको जनाउँदै कम्पनीले एक सातासम्म १५ प्रतिशत र एक महिनासम्म १० प्रतिशत छुट उपलब्ध गराइने जानकारी दिएको छ।

एभरेस्ट ग्रुप अफ कम्पनीजका अध्यक्ष तथा युवा उद्यमी प्रेम सेन सुनारले ०८० साल चैत १९ गते काठमाडौंको मैतीदेवीमा एभरेस्ट कफी बिन्सको पहिलो शाखा स्थापना गरेका थिए। स्थापना भएको करिब तीन वर्षको अवधिमा कम्पनीले आफ्ना सेवा विस्तार गर्दै छ वटा शाखा सञ्चालनमा ल्याइसकेको छ।

ग्राहकको माग र बजारको सम्भावनालाई ध्यानमा राखी दरबारमार्गमा नयाँ शाखा सञ्चालन गरिएको अध्यक्ष सुनारले बताए। उनका अनुसार कफीको गुणस्तर र सेवाप्रति ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले व्यवसाय विस्तारमा सहयोग पुगेको छ।

हाल एभरेस्ट कफी बिन्सका शाखाहरू मैतीदेवी, दरबारमार्ग, जावलाखेल, अनामनगर, सेतोपुल तथा कालीमाटीमा सञ्चालनमा छन्। एभरेस्ट ग्रुपले कफी व्यवसायसँगै हस्पिटालिटी क्षेत्र तथा सम्बन्धित तालिम कार्यक्रमहरूमा समेत लगानी गर्दै आइरहेको छ।
तपाईको प्रतिक्रिया