२०८३ साल असार १६
हाइस्पीड संवाददाता
नेपाल राष्ट्र बैंकले न्यूनतम ८ प्रतिशत पूँजीकोष अनुपात कायम गर्न नसकेका पाँच लघुवित्त वित्तीय संस्था आरम्भ चौतारी, गणपति, सामुदायिक, नेरुडे मिर्मिरे र सीवाईसी माथि शीघ्र सुधारात्मक कारबाही गरेको छ। संस्थाहरूले २०८२ असार तथा असोज मसान्तसम्म पनि नियामकीय मापदण्ड पूरा गर्न नसकेपछि कारबाही गरिएको हो।
यसैबीच, कर्जा नोक्सानी व्यवस्थासम्बन्धी रकमको अभिलेख यकिन नगरी आम्दानी देखाएको भन्दै एक संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ। साथै, आर्थिक प्रशासन विनियमावलीविपरीत सवारी साधन खरिद तथा सेवा विनियमावलीको मर्मविपरीत नायब कार्यकारी अधिकृतलाई पुनर्बहाली गरी अतिरिक्त सुविधा दिएको विषयमा धौलागिरी लघुवित्तका अध्यक्षसहित सञ्चालक समितिका सदस्यहरूलाई पनि केन्द्रीय बैंकले सचेत गराएको छ।
तपाईको प्रतिक्रिया