सन्तोश थापा ,काठमाडौं
दशैं तथा तिहारको अवसरलाई लक्षित गर्दै PARK N’ WASH ले आफ्ना ग्राहकहरूका लागि विशेष ‘दशैं तिहार धमाका’ योजना सार्वजनिक गरेको छ। चाडपर्वको समयमा आफ्नो कार तथा मोटरसाइकललाई सफा, चम्किलो र आकर्षक बनाउने ग्राहकहरूलाई लक्षित गर्दै ल्याइएको यस योजनामा Free Wash सहित अन्य आकर्षक उपहारहरू प्राप्त गर्ने अवसर रहेको कम्पनीले जनाएको छ।
‘Dashain Tihar Dhamaka – FREE WASH & Many More Gifts’ नारासहित सार्वजनिक गरिएको योजनाले सवारीसाधनको नियमित सरसफाइसँगै ग्राहकलाई चाडपर्वको खुसी थप्ने उद्देश्य राखेको छ। योजनाअन्तर्गत प्राप्त हुने Free Wash तथा अन्य उपहारसम्बन्धी सुविधा नियम तथा सर्तहरू लागू हुने गरी उपलब्ध हुनेछ। PARK N’ WASH को विशेषता केवल कार तथा बाइक धुलाई सेवामा मात्र सीमित छैन। सवारीसाधन वासिङ भइरहेको समयमा ग्राहकहरूले त्यहीँ रहेको ‘Chiya-licious by PARK N’ WASH’ क्याफेमा आरामसँग बसेर स्वादिष्ट चिया तथा विभिन्न स्वादिला परिकारहरूको आनन्द लिन सक्नेछन्। व्यस्त जीवनशैलीबीच सवारीसाधन सफा गराउँदा कुर्नुपर्ने समयलाई पनि रमाइलो र आरामदायी बनाउने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको हो।
क्याफेमा विशेष स्वादको चिया, ह्यान्ड-ब्रुड कफी तथा विभिन्न स्वादिष्ट स्न्याक्स र खानाका परिकारहरू उपलब्ध छन्। परिवार, साथीभाइ वा ग्राहकहरूसँग बसेर चिया–कफीको स्वाद लिँदै आफ्नो कार वा बाइक सफा भएको हेर्न सकिने भएकाले PARK N’ WASH ले ‘Wash Your Vehicle, Enjoy Your Time’ अवधारणालाई समेत प्राथमिकता दिएको छ। कम्पनीले दशैं–तिहारको अवसरमा ग्राहकलाई सवारीसाधन सफाइ, स्वादिष्ट खानपान र विशेष उपहारलाई एउटै स्थानमा जोड्ने प्रयास गरेको जनाएको छ। ‘Free Wash मात्र होइन, तपाईंको समय पनि रमाइलो बनाउने हाम्रो प्रयास’ भन्ने भावनासहित PARK N’ WASH ले ग्राहकलाई यस विशेष योजनामा सहभागी हुन आग्रह गरेको छ। यो विशेष योजना ३० कात्तिक २०८३ सम्म लागू हुनेछ।
तपाईको प्रतिक्रिया