
धादिङबेसी, धादिङ— अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस) को चौथो महाधिवेशन धादिङबेसी, धादिङमा भव्यताका साथ सम्पन्न भएको छ। महाधिवेशनले बद्री खतिवडाको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
संघीय संसद् सदस्य बोधनाथ श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित महाधिवेशनमा समाजको नयाँ नेतृत्वका लागि विभिन्न पदहरूमा पदाधिकारी तथा सदस्यहरू चयन भएका छन्। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षहरूमा बाबुकाजी भण्डारी, पारस भण्डारी, शान्ता सिखडा र विनोद उप्रेती तथा महिला उपाध्यक्षमा सम्झना भण्डारी चयन भएका छन्।
त्यसैगरी, महासचिबको जिम्मेवारी कल्याण विक्रम कार्कीले पाएका छन् भने सचिवहरूमा दिनेश लोहनी, राजेन्द्र थपलिया, दिवाकर दाहाल र सोमनाथ कँडेल तथा महिला सचिवमा कविता दाहाल चयन भएका छन्। कोषाध्यक्षमा रामकुमार थापा, सहकोषाध्यक्षमा दीपक चन्द्र भट्ट र छन्दप्रसाद सिलवाल तथा युवा संयोजकमा सुदिप सी. विष्ट र श्यामहरी तिमल्सिना चयन भएका छन्।
महाधिवेशनले चयन गरेको कार्यसमिति सदस्यहरूमा सुमन बुद्ध परियार, विक्रम गरन्जा, संगम तामाङ, विष्णुमाया सिखडा, शिव सिटौला, पुष्प लामिछाने, सेल्बा लामा तामाङ र गोविन्द राना मगर रहेका छन्।
कार्यक्रममा रामनाथ अधिकारी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने प्रदेश सभा सदस्यहरू गोविन्द लाम्साल र माया देवी शर्मा तथा गंगा देवी श्रेष्ठ विशेष अतिथिका रूपमा रहनुभएको थियो। यसैगरी, एनआरएनएका उपाध्यक्ष लोकप्रसाद दाहाल र कोषाध्यक्ष कृष्ण तिमल्सिना, नगर प्रमुख भीमप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी (CDO) लक्ष्मी गौतम पाण्डेय, प्रहरी उपरीक्षक (SP) सुमित खड्का, खनियाबास गाउँपालिका अध्यक्ष राणाबहादुर तामाङ, गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडा, नेत्रावती गाउँपालिका उपाध्यक्ष सीतामाया छोडेन, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सबिता अर्याल तथा शिक्षा विकास तथा समन्वय प्रमुख कृष्णकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो। साथै, नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरीका प्रमुख प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा धादिङको विकास र परोपकारी कार्यमा थप सक्रियताका साथ काम गर्ने विश्वास व्यक्त गर्दै उपस्थित महानुभावहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया