२०८२ साल चैत्र २९
हाइस्पीड संवाददाता
रौतहटको फतुवा विजयपुरमा खानेपानी र सरकारी कार्यालयको विद्युत् लाइन काटियो
रौतहटस्थित फतुवा विजयपुर नगरपालिका मा विद्युत् महसुल नतिरेको कारण खानेपानी सेवा तथा वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालयको विद्युत् लाइन काटिएको छ। लामो समयदेखि बक्यौता रकम नतिरेपछि सम्बन्धित निकायले कठोर कदम चाल्दै लाइन विच्छेद गरेको हो।
विद्युत् सेवा अवरुद्ध भएसँगै खानेपानी आपूर्ति प्रभावित भएको छ भने वडा कार्यालय तथा नगरपालिकाको दैनिक प्रशासनिक कामकाजमा समेत असर परेको छ। सेवाग्राहीहरू आवश्यक सेवा लिन समस्या झेलिरहेका छन् भने स्थानीयवासीमा पनि असन्तुष्टि बढेको देखिएको छ।
सम्बन्धित अधिकारीहरूका अनुसार पटक–पटक जानकारी गराउँदा पनि रकम नतिरेपछि बाध्य भएर यस्तो कदम चालिएको हो। यता नगरपालिकाका प्रतिनिधिहरूले भने छिट्टै बक्यौता तिरेर सेवा सुचारु गर्ने तयारी भइरहेको बताएका छन्।
यस घटनाले सरकारी निकायले नै समयमै दायित्व पूरा नगर्दा आम नागरिकमा नकारात्मक सन्देश जाने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
श्रोत : प्रदीप थारू
तपाईको प्रतिक्रिया