बालेन शाह बने सबैभन्दा धेरै पछ्याइने नेपाली व्यक्तित्व
प्रधानमन्त्री तथा हिपहप गायक बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली व्यक्तित्व बनेका छन्। उनले जनकपुरकी कन्टेन्ट क्रिएटर सान्भी भगतलाई उछिन्दै पहिलो स्थान हासिल गरेका हुन्।
बुधबार बेलुका ५ बजेसम्म बालेन शाहको फेसबुक फलोअर्स संख्या ४३ लाख ५१ हजार ३७४ पुगेको छ भने दोस्रो स्थानमा रहेकी सान्भी भगतको फलोअर्स संख्या ४३ लाख २० हजार ८५६ रहेको छ।
यसअघि बालेनले गत माघ १९ गते अभिनेत्री रेखा थापालाई उछिन्दै शीर्ष स्थानतर्फ उक्लिएका थिए। रेखा थापाको हाल ३४ लाख ४९ हजार फलोअर्स रहेका छन्।
हालै सम्पत्ति विवरण सार्वजनिक गर्दै बालेन शाहले आफ्नो आम्दानीको प्रमुख स्रोत सामाजिक सञ्जाल रहेको उल्लेख गरेका छन्। हिपहप गायनबाट चर्चामा आएका बालेनको आधिकारिक फेसबुक पेजमा ‘म्युजिसियन र ब्यान्ड’ उल्लेख गरिएको छ।
तपाईको प्रतिक्रिया