२०८२ साल जेठ ४
हाइस्पीड संवाददाता
डोजर कारबाहीको विरोधमा विराटनगरमा सुकुमवासीको प्रदर्शन
काठमाडौंमा सुकुम्वासी बस्तीमा डोजर प्रयोग गरिएको विरोधमा विराटनगरमा भूमिहीन सुकुमवासीहरूले प्रदर्शन गरेका छन्। संयुक्त संघर्ष समिति मोरङको आह्वानमा भएको प्रदर्शनमा उनीहरूले बसोबासको ग्यारेन्टी माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
प्रदर्शनकारीहरूले डोजर प्रयोगलाई अमानवीय र गैरजिम्मेवार कदम भन्दै बालबालिका, महिला, ज्येष्ठ नागरिकलगायत संवेदनशील समूहप्रति बेवास्ता गरिएको आरोप लगाएका छन्। संविधानले दिएको आवासको हकविपरीत सरकारले नागरिकलाई घरबारविहीन बनाएको भन्दै डोजर कारबाही तत्काल रोक्न, छानबिन समिति गठन गर्न र वास्तविक सुकुमवासीको पहिचान गरी उचित व्यवस्थापन गर्न माग गरेका छन्।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया