नेपाली कफी तथा हस्पिटालिटी क्षेत्रमा विस्तार गर्दै आएको ‘एभरेष्ट कफी बिन्स’ले आफ्नो सातौं आउटलेट काठमाडौंको अनामनगरस्थित सिंहदरबार पूर्वी गेटमा सञ्चालनमा ल्याएको छ। एभरेष्ट ग्रुप अफ कम्पनीजद्वारा सञ्चालित यस ब्रान्डले पहिलो पटक फ्रेन्चाइज मोडलमार्फत विस्तार सुरु गरेको हो।
कम्पनीका अध्यक्ष प्रेम सेन सुनारका अनुसार नेपालमा कफी संस्कृतिको विकास तीव्र रूपमा भइरहेको छ र युवापुस्ताले गुणस्तरीय कफी तथा राम्रो वातावरण खोज्न थालेका छन्। कम्पनीले नेपाली कफीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभवसँग जोड्ने लक्ष्य लिएको जनाएको छ।

कम्पनीले लगानीकर्तालाई आकर्षित गर्न थप पाँच वटा फ्रेन्चाइज निःशुल्क दिने घोषणा गरेको छ भने न्यूनतम २० लाख रुपैयाँ लगानीमा आउटलेट सञ्चालन गर्न सकिने बताएको छ। २०८० चैत १९ गते मैतीदेवीबाट पहिलो आउटलेट सुरु गरेको कम्पनीले तीन वर्षमै सात वटा शाखा विस्तार गरिसकेको छ र अब आठौं आउटलेट कलंकीमा खोल्ने तयारीमा छ।
एभरेष्ट कफी बिन्समा कफीसँगै बेकरी आइटम तथा विभिन्न खाजाका परिकार उपलब्ध छन्। साथै, कम्पनीले कफी, हस्पिटालिटी र तालिम क्षेत्रमा पनि लगानी गर्दै आएको छ। संकल्प इन्भेष्टमेन्ट प्रालिले पहिलो लगानीका रूपमा यस ब्रान्डको फ्रेन्चाइज लिएको हो।
नेपालमा पछिल्ला वर्षहरूमा कफी संस्कृतिको विस्तार तीव्र बन्दै गएको छ। विशेषगरी युवापुस्तामाझ कफी हाउसहरू भेटघाट, व्यवसायिक मिटिङ र सामाजिक जमघटको प्रमुख स्थलका रूपमा लोकप्रिय बन्दै गएका छन्।
तपाईको प्रतिक्रिया