२०८२ साल जेठ ७
हाइस्पीड संवाददाता
व्यंग्यात्मक डिजिटल अभियान ‘कक्रोच जनता पार्टी (CJP)’ ले इन्स्टाग्राममा १ करोड १७ लाख फलोअर्स पुर्याएर भारतीय जनता पार्टी (भाजपा) को आधिकारिक अकाउन्टभन्दा बढी लोकप्रियता हासिल गरेको केही घण्टामै यसको एक्स (Twitter) अकाउन्ट भारतमा ब्लक गरिएको छ।
पार्टीका संस्थापक Abhijeet Deepke ले स्क्रिनसट सार्वजनिक गर्दै अकाउन्ट भारतमा रोकिएको पुष्टि गरेका छन्। उनले यस कदमलाई अपेक्षित भएको प्रतिक्रिया दिएका छन्।
यो अभियान केही दिनअघि मात्रै अनलाइन व्यंग्य आन्दोलनका रूपमा सुरु भएको थियो। तर बेरोजगारी, परीक्षा प्रश्नपत्र चुहावट, राजनीतिक असन्तुष्टि र संस्थागत जवाफदेहिताप्रतिको युवापुस्ताको निराशालाई हास्य र मिममार्फत प्रस्तुत गर्दै यसले छोटो समयमै ठूलो जनसमर्थन प्राप्त गर्यो।
‘कक्रोच जनता पार्टी’ नाम भारतका प्रधानन्यायाधीश Surya Kant ले केही बेरोजगार युवा र अनलाइन अभियन्तालाई ‘कक्रोच’ तथा ‘परजीवी’सँग तुलना गरेको भनिएको अभिव्यक्तिप्रति व्यंग्यात्मक प्रतिक्रियाका रूपमा प्रचलित भएको हो। त्यसपछि सामाजिक सञ्जालमा व्यापक बहस र आक्रोश देखिएको थियो।
तपाईको प्रतिक्रिया