२०८२ साल जेठ ७
हाइस्पीड संवाददाता
प्रतिनिधिसभामा रास्वपा सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको रानीसैन सीमा क्षेत्रको विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले उक्त क्षेत्रमा नागरिकको सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै साइपाल क्षेत्र जडिबुटी तथा दुर्लभ हिमाली वन्यजन्तुको महत्वपूर्ण वासस्थान भएकाले यहाँबाट हुने तस्करी रोक्न प्रहरी चौकी स्थापना गर्ने प्रयासमा अवरोध भएको आशंका व्यक्त गरे। तस्करी नियन्त्रणका पहलमा संलग्न वडा सदस्यलगायतमाथि कुटपिट भएको हुन सक्ने उनको भनाइ छ। साथै, स्थानीय विकास र पर्यटन प्रवर्द्धनमा सक्रिय जनप्रतिनिधिमाथि भएको दुर्व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आवश्यक कारबाही र समाधानका लागि सरकारसँग आग्रह गरे।
तपाईको प्रतिक्रिया